पदाधिकारी

नारायण आचार्य graphic

नारायण आचार्य

स्थानीय विकास अधिकारी

पढ्नुहोस..

सतिश कुमार भट्टराई graphic

सतिश कुमार भट्टराई

यो.अ तथा प्र.अ

पढ्नुहोस..

संक्षिप्त परिचय

"कृषिमा व्यवसायीकरण, पर्यटन र पूर्वाधारको विस्तार, समतामुलक र समुन्नत समाज विकासको मूल आधार" जि.वि.स. गोरखामा तपाईलाई स्वागत छ। नेपालमा रहेका ७५ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ। गोरखा जिल्लाको नामाकरण प्रसंग गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम "गोरखा" रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरु/खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिहरेको छ ।
थप पढ्नुहोस्

Polls

तपाईलाई जिल्ला विकास समिति गोरखाको नयाँ वेवसाइट कस्तो लाग्यो?

View Results

Loading ... Loading ...

व्यक्तिगत घटना दर्ता गरौँ

Skip to toolbar